Loading...

गोर्खाको फाट देखि काठमान्डूको स्टुडियोसम्म: विरही कार्कीको गीति यात्रा


बि. सं. २०३९ मंसिर ५ गते गोर्खाको लिगलिगकोटमा स्वर्गीय आमा फुलमाया कार्की र बुवा राम वहादुर कार्कीको कान्छो सुपुत्रको  रुपमा जन्मिनु भएका विरही कार्की लोकगायनको क्षेत्रमा चर्चित नाम हो ।२०५३ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेर यो क्षेत्रमा निरन्तर लागिरहनुभएका कार्की लोक दोहोरीको क्षेत्रमा शब्द, लय र गायनको त्रिवेणी नै हुनुहुन्छ ।

हाल सम्म २० वटा दोहोरि गीति संग्रह र ३ वटा लोक गीतिसंग्रह बजारमा प्रस्तुत गर्नु भएका कार्कीको सुनखानीमा सुन, आमा-१, आमा-२, जुनकिरी, होला मायालु, मायालु हजार, गुरास फुल्ने ठाउँतिर, विन्ध्यवासिनी लोकप्रिय र चर्चित गीतहरु हुन् ।  लोक गायनको क्षेत्रमा मौलिकतालाई केन्द्रविन्दुमा राखेर लोकको मर्मअनुसार चल्न सक्नुपर्छ भन्ने मानसिकताका साथ अघि बढ्नुभएका गायक कार्कीले इमेज अवार्ड-२०७२, राप्ति म्युजिक अवार्ड-२०७१, म्युजिक खवर म्युजिक अवार्ड-२०७१, २०७२ र  २०७३ र  सम्मान प्राप्त गरिसक्नु भएको छ भने सामाजिक सदभावका हिसावले चेपांग वाल बालिकाको सहयोगार्थ विरही कार्की एकल साँझ-२०७०  समेत सम्पन्न गरिसक्नुभएको छ ।

गरिव, असाहय, विपन्न र सिमाक्रित वालवालिकाको शिक्षा र स्वास्थ्यको निम्ति आफ्नी स्वर्गीय आमा फुलमाया कार्कीको नाममा फुलमाया कार्की फाउन्डेसन संचालन गर्नु भएको छ ।

– See more at: http://www.pmkf.org.np/birahi-karki/#more-230

Loading...
Your Comment!