Loading...

मनको पिर कस्लाई पोख्न जाऊ भन्दै यसरी आए संगीतम (फोटो सहित)


काठमाडौं, ३१ भदौं— एक पछि अर्का सफल गीत बजारमा ल्याउन सफल आलाप रेकडिङ स्टुडियोले हालै दुई गीतको भिडियो छायाँकण सम्पन्न गरेको छ ।

14339425_1785518221724507_2143557628_o
आलाप रेकडिङले बजारमा ल्याउदै गरेको दुई गीतमा रेकडिङ स्टुडियोका प्रवन्ध निर्देशक झलक संगीतम र रन्जीता गुरुङले अभिनय गरेका छन् । गीतको निर्देशन सिभम पोखरेलले गरेका छन् ।
मनोज विश्वकर्माको प्रस्तुती तथा मनोज विश्वकर्मा र मुना थापाको स्वरमा रहेको मनको पिर कस्लाई पोख्न जाऊ बोलको गीतको हालै छायाँकन सकिएको छ ।

14393967_1785518208391175_234384238_o
धेरै सफल गीत स्रोतामाझ दिन सफल जोडी बर्षा लामा र पुर्णीमा लामाको शव्दमा रहेको गीतमा प्रमिला सुनुवारको लय तथा झलक संगीतमको संगीत संयोजन रहेको छ । शव्द संकलकद्वय बर्षा र पूर्णीमा लामाले आफुहरुको रचनालाई दर्शक स्रोताले मन पराएकाले यो गीत पनि मन पर्ने बताउछन् ।

14393967_1785518208391175_234384238_o

यो भन्दा अगाडिका गीतहरुमा पनि स्रोताको उल्लेखिनीय माया पाएकाले आगामि दिनमा अझैराम्रा सृजना रचना गर्न प्रेणा मिलेको बताएका छन् । परदेशमा रहेर पनि नेपाली गीत संगीतको क्षेत्रमा लगानी गर्ने तथा माया गर्ने गायक मनोज विश्वकर्माले हामीसंग कुरा गर्दै दर्शक स्रोताको मयााकै कारण अर्काे सृजना बजारमा ल्याएको बताएका छन् ।

14339425_1785518221724507_2143557628_o
दशैको मुखैमा बजारमा ल्याउदै गरेको गीतले महत्वपुर्ण स्थान पाउनेमा विश्वास व्यक्त गरेका छन् । आलाप रेकडिङका प्रवन्ध निर्देशक झलक संगीतमले दर्शक स्रोताको माग अनुरुप एक पछि अर्काे सांगीतिक कोशेली बजारमा ल्याएको उल्लेख गरे ।

14393879_1785518188391177_599504387_o
स्टुडियोले निकट भविश्यमा बैदेशिक रोजगारमा कार्यरत साथीहरुको मागलाई ध्यानमा राख्दै केहि देशहरुमा स्टुडियो खोल्ने योजनामा रहेका बताए । नेपालबाट रोजगारमा जानेले नेपाली गीतसगीतलाई धेरैमाया गर्ने भएकाले पनि उहाँहरुको कला, गला र सृजनालाई बजारमा ल्याउने काममा लाग्ने बताए ।

गीतको रेकडिङ गोविन्द ओली र ज्ञामुराम सुनारले गरेका छन् भने फाईनल मिक्सिङ सञ्जय श्रीपालले गरेका छन् । गीतको फाइनल भिडियो केहि दिनमानै बजारमा आउँदै छ ।

14339425_1785518221724507_2143557628_o

Loading...
Your Comment!