Loading...

अन्तरवार्ता लिने देखि क्यामरा म्यानसम्म रोएका थिए, एक दर्दनाक कथा(भिडियो सहित)


तपाई हाम्रो बुझाईमा दुख एउटा मानिसको दुश्मण हो । तर यस कथामा तपाई हाम्रो आखाँमा आशु आउने छ र भन्नुहुने छ। दुख अगाडि बढ्ने सिडि हो । प्रर्देशमा रहेपनि नेपाली मन अनि माटोको साथै गाउँका भाकाको माया भएका गायक पदम सङीत छेत्रीसंग आलाप स्टुडियोले गरेको कुराकानी प्रस्तुत गर्दछौं ।

यसरी सुरुभयो उहाँको जिवन
जीन्दगी एउटा खेल रहेछ ! जो मेरो जीन्दगी लाई शुरुवात गरेयो तर जीन्दगीमा चोटै चोट मात्रै दीएर यक्लै छाड्यो दैवले । ताते ताते सीकाऊदै मामा माईजु अनी हजूर आमा बाले हीड्न अनी बोल्न शीकाऊनू भयो ।

मेरो लागी त्यही नै खुशी को कुरा हो जश्ले यो धर्तीमा टेकायो त्यो त आफ्नो रहेन तर जस्ले हुर्कायो बढायो त्यो मेरो शौभाग्य हो मलाई जन्म दीने आमासंग कुनै गुनाशो छैन ।

ऊनले त मेरो जीन्दगी को शुरुवात गराईदियर धर्ती छाडी शदै शदा को लागी टाढा भईन । मेरो बाल्यकाल नीकै नै दुस्खत घडीमा बीत्यो । म ४ महीनाको नाबालक छदै जन्मदीने आमालाई दैवले खोस्यो र बाबाले अर्को घरजम गर्नूभयो मेरो वास्तै गर्नूभयन । म मामा को घरमा हुर्के बडे पढे धेरै कष्ट गर्नूपर्यो बालपन मा पनी त्यो दिन सम्झन भन्दा म बिर्षन चाहान्छु ।

घरमा अर्को आमा भयको कारण बालपन का साना साना रहर पनी दूःखमा परीणत गर्नूपर्यो कहीले काही आफैलाई आमा गुमाऊनू नै जीन्दगी को ठूलो चोट रहेछ भनेर आफैलाई धीकार्थे । घरमा पढ्नको लागी कापी कलमको लागी १० रुपैयाँ माग्दा पनि दीने मन गर्ने थीएनन् ।

बाऊ भनेकै जीन्दगीको दोस्रो दुश्मन हूदो रहेछ । कैले मलाई २ रुपैया खर्चको लागी दीयनन् र नत अहिलेसम्म पनि १ जोर चप्पल पनी बाऊको पैशा खायको छैन तीता बचन मात्रै र तीरश्कार धेरै सहेको छु ।

बीरामी हूनूहून्थ्यो भन्ने गर्थे मलाई थाहा भयन म ४ महीनाको नाबालक छदै खुशीयाली जीवनमा लाऊ खाऊ भन्ने २१ बर्ष को ऊमेर मै दैव लायर संसार देखी धेरै टाढा जानूभयो । मेरो घर अर्घाखाची जील्ला धारापानी गाबीस वडा न ९ मा भयको थीयो ।

मेरो शानो छदा खेरीको शीक्षा मेरो घर नजीकै रहेको श्री पधेरी प्रावीमा शिक्षक तारा बहादूर बन्जाडे बाट मेरा ती कोमल हात छोपेर क क न न शीकाऊनू भयो ऊहा यो द्यर्तीमा नरहेता पनि उहाले दीयको कक्षा ३ सम्मको शीक्षाले मलाई आफ्नो गाउँमा को संग कसरी बोल्ने भन्ने कुरा सिकाऊनु भयो पढाईमा म थोरै अल्छी थीए गाऊका सबैको मायाले म हुर्कीए ।

त्यसपछी कक्षा ३ पछी अर्को स्कूलमा भर्ना गर्नू भयो मामाले । श्री प्रभाकर प्राथमीक विद्यालयमा ८ कलाश शम्म शिक्षा सिके । त्यती खेरको पल अझै पनि मनमा ताजै छ । म स्कुल र शाना शाना कार्यक्रम हूदा गीत हरु गून गूनाऊने मन गर्थे र गाऊन्थे शीक्षक हरुले पनी कक्षामा आको बेला पदम एउटा मीठो गीत गाउँ भन्नू हून्थ्यो म थोरै लजाई लजाई गीत गाहून्थे । हेडसर रुमलाल पौडेलले मलाई सधै खाने कुरा ल्याईदीनू हून्थ्यो त कहीले काही ५ र १० रुपैयाँ दीएर खुशी पार्नूहून्थ्यो । मलाई समाज र स्कुल मा नामले होईन संगीत भनेर बोलाऊने गर्थे ।

जस्को जे काम परेपनी कैले नाही नभनेको हुदा समाज मा पाि मलाई माया र ममता दीएका थीए । राम्रो छबी शमाजमा पनी बनाऊदै गएको थीए । हेर्दा हेर्दै हाई स्कूल मा पढ्ने भएछू समय बीतेको रत्तै भयन । हाई श्कल अली टाढा भयको कारण बिहान शबेरै ऊठ्नु पर्थाे । ९ र १०कक्षा पढ्न को लागी २ घन्टा को बाटो हीड्नू पर्ने ।

मलाई त्यो हाई स्कुलमा पनि आफ्नो नाम बनाऊन टाईम लागेन सबैसंग मीठो र सत्कार गर्थे । शबै शाथीहरु र शीक्षक को शिक्षा अनी हौसला मील्दै गयो । स्कूल का सांगीतीक कार्यक्रम म सधै फस्ट हुने गर्थे । हेड सर डीलामणी पंथीले मेरो कला राम्रो भयको कारण जील्लाका कार्यक्रम हरुमा पनी संगै लगेर जानूहुन्थ्यो । मलाई पनी खूशी महशुश हूदै गयको थीयो । पढाई मा मेरो त्यती ध्यान थीयन तर पनी कति परी पार गरे त्याका शीक्षक शिक्षीका खूशी हूनूभयो । र मलाई त्यहाँबाट आर्शीवाद दीदै बीदाई गर्नू भयो ।

जीन्दगी मा कहीले जीत कहीले हार त भईरहन्छ यो त रितनै हो । पढ्ने मन हूदा पपनि कती मामा माईजू लाई सताऊ आफ्नो १ रुपैयाँ कमाई छैन भन्ने शोचले घर छोड्न बाध्य भए । पहीलो पटक घर छोडेर खाडी मूलूक कतार पसे । जो कहीले नगरेको काम र कहीले नखाएको चीज पनी खानू पर्यो ।

? इटा ऊठाऊने र सीमेन्ट बनाऊने काम शम्म गर्नूपर्याे । घर सम्जी घरी घरी रुन्थे यक्ला बसी फर्की आऊ भने आफ्नो कोई छैन शाथ दीने धेरै कठीनाई भोग्नु परयो । देश छाडी गयपनी नेपाली गीत शंगीत मेरो मन बाट हटेन । दूःख शुखका गीत गूनगूनाऊने क्रम जीरी नै दीराखे । काम गर्दा र खाना बनाऊदा जे गर्दा पनी गीत गाऊने गर्थे । मनमा रहर जाग्यो म एउटा गीत लेख्छू कतार मा दूख भोगेका भन्ने मनले शोचे अनी लेखे पनी जून गीत अहीले राजु बीशीले गाऊनू भयो । तातो घाम काम पनी अफ्ठारो रहीछ’ आऊन्छू प्यारी फर्की गाऊघरमा…….

त्यस्तै सिलसिलामा कतार मै पर्वत को शक्ती क्षेत्री लाई भेटे र दूख शुखको कुरा गर्दै जादा संगीतमा पनि मेरो रुची बढ्दै गयो र ऊहा शक्ती शर नेपाली प्रबाशी सांगीतीक परीवार को अध्यक्ष पनि हूनुहुदो रहेछ ।

उहाँले मेरो स्वर शब्द लाई मन पराऊनू भयो र सांगीतीक पाईलालाई अगाडी बढाऊने मौका पाए । यका तीर काम अफ्ठ्यारो भयको कारण दुखी पनी थीए अर्को तीर थोरै खूशी पनि । जसो तसो २ बर्ष बिताय र घर फर्कीने निर्णय गरे मालीक संग छूट्टी जान्छू भनी नेपाल आए । विदेश बाट आऊना शाथ मलाई बीहे गर्ने भुत चढ्यो ३ बर्षको प्रेम परेको अबश्था र आफ्नो कोई नहूदा जीबन शाथी बनाऊनै पर्ने बाध्यता भयो ।

मामा हरुले पनी बीहेको लागी जोड दीनू भयो र मेरो प्रेमिकाले विए बढ्दै थिइन् र ऊ संग सल्लाह गरे घरमा माग्न गय मामा हरुलाई लगेर र त्यहा धेरै कूरा शोधीय मलाई जो जवाफ दीन नशक्ने प्रश्न पनी थीए कतीपय प्रश्नको लागी बाश थीयन म पनी काचो केटा १९ बर्षको यता तेता कूरा गर्दा गर्दै छोरीको खूशी हाम्रो खूशी हो भन्ने कुरा गरे म मन मनै खुशी भय कीनकी उशैको अनूमतीमा माग्न गयको थीय १० दीन पछी बीहेको नीधो भयो । र हर मेरा दुख सुखलाई बूझिदीने जीबन शाथी पाए । हेर्दा हेर्दै ३ बर्ष भएछ बीहेको पनी अहीले पुत्र जन्मीएको छ,यो शौभाग्य हो अहिले म काम को सिलसिलामा उ देखि अहिले टाढा छु ।

Loading...
Your Comment!