Loading...

सर्जक रबीलाल बिसीसँग गीतसंगीतको बारेमा गरीएको कुराकानी


लामो समय देखि नेपाली गीतसंगीतमा लाग्नु भएका सर्जक रबीलाल बिसीसँग गीतसंगीतको बारेमा गरीएको कुराकानी अबको क्रममा

१. गीतसंगीतमा लाग्ने सोच कसरी आयो ?
म्याग्दीको अर्मन १ टिकाबाङ्गमा पिता भिम बहादुर खाती र मातातारादेवि को कोखबाट जन्मेको मान्छे म । विभिन्न परिस्थिती र बाध्यताले गर्दा विदेशमा आए । यहाँ १२ घण्टा काम र अरु समयमा गीत गाउन गुनगुनाउन थाले र म आफै शब्दले लेख्ने कोशिस गरे । अनि शहर बस्ने म सँग धन छैन पहिलो शब्दमा नै सफलता मिल्यो । जस्मा स्वर आशिष बि सि सर अनि रेजिना बहिनीले दिनु भएको थियो र शब्द म रबिलाल बि सि र खिम सिर्पाली को थियो यो र हाम्रो पहिलो धेरै दर्सक स्रोता हरुले धेरै मन पराइदिनु भयो र मलाइ झनै धेरै हौसला मिल्यो मैले सोचेकी गीत संगीत बाट मैले आफ्नो छुत्तै पहिचान बनाउछु अनि निरन्तर रुपमा लागे ।
२. आज सम्म कति गीतमा शब्ल लय गर्नु भएको छ ?
मैले सोचेकी गीत संगीत बाट मैले आफ्नो छुत्तै पहिचान बनाउछु म गरिब भएपनि इज्जत कमाउछु भन्ने सोच आयो र मैले फेरि लगत्तै हासी हासी काल्लाइ रोक्दैछु नामक गीत बजार मा ल्याए र त्यो गीत ले पनि मलाइ धेरै चिनायो अझै धेरै हौसला मिल्यो सबैको माया पाए र मेरो लागि गीत संगीत नै दुस् ख सुख को साथी बन्यो र मलाइ सबैले रबिलाल बि सि भनेर चिन्नु भयो र धेरै मात्रा मा लय शब्द हरु बनाउने मौका मिल्यो र म बिदेश मा भएपनी नेपाली गीत संगीत लाई मैले आफ्नो मन मुटुमा बोकेर हिडेको छु नेपाली लोक गीत छेत्र मा दाम कमाउन नसेको पनि आफ्नो छुत्तै पहिचान बनाएको छु त्यसैले संगीत छेत्रलाई। मैले मायालु दृस्ठिकोण ले हेर्दछु र यश छेत्र मा निरन्तर लाग्ने अझै राम्रा सिर्जना ल्याउने नेपाली मौलिकता झल्काउने मेरो सोछ छ र आज सम्म को सांगेतिक यात्राबाट त मैले केही नपाए पनि हजारौं स्रोता हरुको माया साथ सहयोग इज्जत पाएको छु त्यसैले मैले सांगेतिक छेत्रलाइ राम्रो मानेको छु अन्त्यमा मलाइ साथ सहयोग हौसला दिनु हुने आयक आशिष बि सर मोहन सिर्पाली गायिका पुर्नकला बि सि दिदि पुस्कल शर्मा दाजु अमीत बिस्वोकर्मा दाजु खड्का गर्बुजा दाजु कुलेन्द्र बिस्वोकर्मा दाजु देबि दिदी लगायत नाम छुटेका सम्पुर्ण लाई मेरो हिर्दय देखिनै धन्यवाद दिन चाहन्छु मलाइ यश छेत्र मा लाग्नलाइ सहयो गर्नु हुने सम्पुर्ण लाइ
मैले आज सम्म लेखेका गीत र लय भरेका गीत शहर बस्ने म संग धन छैन मा शब्द, हासी हासी काल्लाइ रोक्दै छु मा लय र यस गीतमा सोम शिरीष सर्गमको र मेरो संयुत्त शब्द रहेको छ । एक्लो जुनि हो, लेक माथी फुल्यो गुराँस फुल गीतमा मैले स्वर भरेको छु र यसमा खिम रसाइलीको लय रहेको छ । । किन आउँछ गरिबलाई दसैं तिहारमा शब्द र लय मेरो नै रहेको छ । बाची राछु प्रदेश मा खुसी रोकेर शब्द सुक लामगादे र लय मेरो रहेको छ त्यस्तै सहरको बसाइले गीतमा लय अनि तनहुँ जिल्ला जामुने गा बीस मा पनि लय मेरो नै रहेको छ । कालू तिमी क्या निस्ठुरी बन्यौ, माया गरि संसार टिकायौ, तिमी मेरो घाम हौ, बाध्य भय बीस पिउनलाइ, साहुको रिनले दिएन रमाइ बस्नलाईमा पनि लय रहेको छ । त्यस्तै निब्न लाको दियो सरि भाछु, दुस्ख मेरो संसार भैदियोमा शब्द चोखो माया गर्दा पनि यस गीतमा लय शब्द छ ।मन फाती आँसु झर्या छ मा लय, तनहुँ जिल्ला जामुने पन्चेबाजामा पनि लय नै र हासी खुसी जीवन चलाए गीत मेरो शब्द रहेको छ । यसरी नै शब्द र लय कतै गीत गाउँदै पनि आएको छु ।

३. विदेशमा हुनुहुन्छ नेपाली गीतसंगीतलाई हेर्ने दृष्टीकोण कस्तो छ ?
मैले बुझ अनुसार गीतसंगीतलाई हेर्ने दृष्टीकोण राम्रो छ । धेरैको मुखका नेपालीगीत संगीत नै झुण्डीएको पाउछु । काम गर्ने शिलशिलामा पनि सबैले नेपालीगीत गाउनु हुन्छ । हामी यहाँ पूर्वको मेची देखि पश्चिमको महाकालीसम्मका साथीहरु हुनुहुन्छ सबैले गीत गाउने रमाईलो गर्ने गर्दछौ । रुममा पनि हामी गीत बिना बस्दैनौ लत नै बसेको छ । कहि कतै फरक रहे पनि अधिकाशंले राम्रो मान्नु हुन्छ ।
४.व्यासायिक रुपमा लाग्ने सोच छ कि रहर मात्रै मेट्ने ?
मैले विगतका दिन देखि नै शब्दबाट आफुलाई चिनाउन सफल भए । मैले लेखेका सबै शब्दहरु उत्कृष्ट मान्नु भयो । पहिला त मलाई रहर लागेको थियो तर अहिले सबैबाट साथ र सहयोग पाउँदा म निरन्तर रुपमा लाग्न पर्छ भन्नेलागेको छ तसर्थ जब सम्म साथ र सहयोग सबैबाट मिल्छ तब सम्म म निरन्तर नै लाग्ने छु ।
५. आज सम्मको साँगीतिक यात्राबाट के पाए जस्तो लागेको छ ?
मलाई लागेको थिएन मैले लेखेका शब्दहरुले यहाँ सम्म मलाई चिनाउँछ भनेर आज म साह्रै खुशी छु । मैले गीतसंगीतमा लागेर मेरो पहिचान बनाएको छु । मलाई धेरैले शब्द संकलक रबीलाल भनेर चिन्नु भएको छ । म गीतसंगीतमा लागेर यति सम्मको पहिचान कमाउछु भनेर सोचेको थिएन । मैले रचेका सबै शब्दबाटै साथीसङ्गी र सबैले चिन्दा यहाँ सममको पहिचान पाएको छु । यसैमा नै खुशी छु । आज सम्म को सांगेतिक यात्राबाट मैले हजारौं स्रोता हरुको माया पाएको छु । मलाइ सबैले रबिलाल बि सि भनेर चिन्नु भएको छ र धेरै मात्रा मा लय शब्द हरु बनाउने मौका मिल्यो र म बिदेश मा भएपनी नेपाली गीत संगीत लाई मैले आफ्नो मन मुटुमा बोकेर हिडेको छु नेपाली लोक गीत छेत्र मा दाम कमाउन नसेको पनि आफ्नो छुत्तै पहिचान बनाएको छु ।। मैले आसा गरे भन्दा बढि पहिचान पाएको छु ।
६. पछिल्लो समयमा साँगीतिक क्षेत्र कस्तो मान्नु भएको छ ?
ठिकै छ , त्यस्तो जत्ति सुन्नमा आए पनि मैले त्यस्तो नराम्रो पाएको छैन कसैले नराम्रो मान्दैमा संगीत क्षेत्र नै नराम्रो भन्न मिल्दैन । पछिल्लो समयमा आएका नराम्रा कुराहरुलाई सुधार्नु पर्छ । पहिचान छ ,इज्जत छ । मलाई राम्रै लागेको छ राम्रै मानेको छु । मैले मात्रै होईन समग्रमा नेपाली गीतसंगीतलाई बुझ्ने सबैले नै राम्रो मान्नु भएको छ ।
७. अन्त्यमा के भन्न चाहनु हुन्छ ?
अन्त्यमा मलाइ साथ सहयोग हौसला दिनु हुने आयक आशिष बि सर, झलक संगीतम,मोहन सिर्पाली, गायिका पुर्णकला बि सि दिदि पुस्कल शर्मा दाजु, अमीत बिस्वोकर्मा दाजु ,खड्का गर्बुजा, दाजु कुलेन्द्र बिस्वोकर्मा, दाजु देबि दिदी लगायत नाम छुटेका सम्पुर्णलाई मेरो हृदय देखिनै धन्यवाद दिन चाहन्छु मलाइ यस क्षेत्रमा लाग्नलाई सहयोग गर्नु हुने सम्पुर्ण प्रति आभारी छु ।

धेरै धेरै धन्यवाद यो महत्वपुणै समय उपलब्ध गराउनु भएकोमा
तपाईको साँगीतिक यात्रा सफल र शुखमय बनोस कामना


Loading...
Your Comment!