Loading...

गायक तथा सर्जक राजु बिसीसँग गरीएको साँगीतिक भलाकुसारी


१। गीतसंगीतमा कहिले देखि लाग्नु भयो ?
लोकगीत म सानै देखि गुनगुनाउने गर्थे गीत लेख्ने काम चाहि म २०७२मा पहिले लेखेको थिए । म त आए दोहा कतार बोलको गीतमा थेगो अनि मैले नै गाए । यो गीतले मलाई गीतसंगीतमा लाग्नलाई झन प्रेरीत ग¥यो २०७२ साल देखि आवद्ध भए ।
२।गीतसंगीतमा लाग्नुको कारण के हो ?
मैले विशेष गरेर लोक दोहारीगीत मन पराउथे । गाउघरमा उकाली ओराली गर्दा पनि मैले गीत गाउने गर्थे । विद्यालयमा कार्यक्रम हुदाँ नि गाउने विजेता हुने गर्थे गीतगाउँदा साथीहरुले मलाई तिम्रो स्वर राम्रो छ तिमीले एल्म निकाल्नुु पर्छ भन हाम्ले सहयोग के गर्नु पर्छ भने अनि मलाई झन हौसला मिल्यो । यसरी गीतसंगीतमा लागेको हुँ
३।पहिलो गीतबाट चिन्दा कस्तो लाग्यो ?
आम्मामाम खुशिको सीमा नै रहेन नि । मैले सोचेको पनि थिएन । यो गीतले यति सफलता मिल्छ भनेर । पहिलो गीतबाटै यसरी गायक भनेर चिनिन पाए । फोन गरेर, एस एम एस गरेर, फेसबुकबाट अनि प्रत्यक्ष भेटेर सबैले बधाई छ भन्दा त आफुलाई निकै ठुलो काम गरे जस्तै लाग्थ्यो । म साह्रै नै खुसी भए । अझ एफ एमबाट नाम सुन्दा त कोठामा एक्लै नाच्ने पनि गर्थे । मैले त्यति बेला खुसिको सीमा नै नाघेको थिए वास्तवमा नढाटी भन्नु पर्दा ।
४। अहिले सम्म कति गीत गाइसक्नु भयो ?
मैले २०७२ साल देखि गीत गाउन थालेको हुँ । पहिलो गीत मैले आफै गायको हुँ । त्यस पछि गीत गाउनुको साथै शब्द लेख्ने अवसर पनि पाए । अनि लय पनि बनाउने मौका मिल्यो । आजसम्म मैले तिमले देको चोट अझै निकने भाछैन शब्द थेगो र स्वर अनि त्यस्तै गाए सानु आशु दिएर, अहिलेको यो दशै तिहारमा, छिट्टै आउ प्रदेशी साथै सम्झना छ धेरै धेरै लगाएका गीतमा शब्द कुनैमा लय बनाएको छु ।

४। बुबा आमाबाट अथवा आफन्तबाट साथ र सहयोग कत्तिको रहयो ?
पहिला त गाउ पनि भन्नु भएन नगाउ पनि भन्नु भएन । अनि पहिलो गीत बजारमा आए पछि एफ एममा गीत सुन्दा अनि मेरो नाम भन्दा अत्यन्तै खुशि लाग्थ्यो रे अनि बल्ल छोराले राम्रो नै काम गरेको रैछ भन्नु भयो । अनि पछि पछि गीत गाउ भन्नु भयो । आफन्तबाट पनि खुसि व्यक्त गर्नु अहिले सबैको साथ र सहयोग छ भनौ ।
अन्त्यमा केहि भन्नु छ ?
अन्त्यमा मेरो स्वर र श्रृजनाहरु मन पराउनुहरुले श्रोता दर्शकलाई धेरै धेरै धन्यवाद यहाँसम्म मलाई साथ र सहयोग गर्नुहुने आफन्तलाई त्यस्तै मलाई साँगीतिक यात्रामा डो¥याउने झलक सर प्रति आभारी रहन्छु । आज सम्मका मेरा श्रृजनालाई जसरी मन पराइदिनु भयो त्यसै गरी आगामी दिनमा पनि यसै गरी माया गरी दिनु होला भन्न चाहन्छु ।
यो महत्वपुर्ण समय उपलब्ध गराइदिनु भएकोमा तपाईलाई पनि धन्यवाद

Loading...
Your Comment!