Loading...

निरन्तर रुपमा गीतसंगीतमा लाग्नु भएको संगीतप्रेमी गायक तथा सर्जक मनोज विश्वकर्मासँग गरीएको कुराकानी


कहिले देखि लाग्नु भएको हो ?
म बाग्लुङ्गमा जन्मेको मान्छे हो । बाग्लुङ्गमा जन्मेर २०७० साल देखि निरन्तर रुपमा लागि परेको छु । सानै देखि गीत गाउने गरेको थिएन तर पनि समय पछिल्लो समयमा गीतमा लत बस्दै गयो अनि गाउन सुरु गरेको हुँ ।
एक्कासी कसरी गीत प्रति ध्यान गयो ?
म नेपालमा रहदाँ गीत सुन्ने त गर्थे तर गीत गाउने मेरो मनसाय थिएन तर म विदेश गए त्यहाँ गए पछि काम गर्दै गीत गाउने गर्थे र साथीहरुलाई सुनाउथे र सबै साथीहरुले तिम्रो स्वर राम्रो छ एल्वम निकाल भन्नु भयो नेपाल गएर गीत गाउ भन्नु भयो र मैले गीत मोबाईलमा रेकर्ड गरेर सुन्थे मलाई मेरो स्वर झन राम्रा लाग्न थाल्यो अनि नेपालमा आएर तिमी कति राम्री बोलको गीत रेकर्ड गरे । मलाई गायक भनेर चिनायो । त्यस पछि झन मलाई गीत गाउनै पर्छ भन्ने जस्तो लाग्यो अनि निरन्तर रुपमा अहिले सम्म लागि परेको छु । र विस्तारै गीत लेख्न र गाउँन सुरु गरेको हुँ ।
अहिलेसम्म कति गीत गाउनु भयो ?
म गीतसंगीतमा लागे देखि ५ दर्जन जति गीत गाइसकेको छु र दुइ दर्जन जति मेरो आवाजमा रेकर्ड भएका गीत बजारमा आउन बाकि छन् । ति गीत समेत गरेर मेरो बजारमा ७ दर्जन गीत हुन्छन् । यि सबै गीतमा लय शब्द मेरो नै रहेको छ । मेरो लेखेको शब्द मन परेर अन्य साथीहरुको पनि थुप्रै गीतमा शब्द लय पनि गर्देको छु । तिमी कति राम्री,मनको पिर कस्लाई पोख्न जाउँ,तिम्रो माया चिन्न सकिन, सधै रुन्छु तड्पिएर , प्रदेशीको पिडा नरौ घरदेशि लगाएका थुप्रै गीतहरु गाई सकेको छु ।
तपाईको श्रृजनाहरु त धेरै नै छन् त्यस मध्य पनि तपाईलाई नम परेको गीत कुन नि ?
मैले लेखेका सबै गीत नै मन पर्छन जसरी आफ्ना सन्ततीलाई माया गरीन्छ त्यत्ति नै मलाई मेरा श्रृजना मन पर्छ । प्रायः सबै गीत नै उत्तिकै मन पर्छ । विशेष गरी मनको पिडा कस्लाई पोख्न जाउ, सेक्सि सेक्सि हट, सधै रुन्छौ तड्पिएर हेर र महिलाहरुको हरितालीका तीजलाई मध्यनजर गर्दै झम्का हरायो बोलको गीत पनि मलाई मन पर्छ । समग्रमा सबै नै मन पर्छ भनौन ।
विदेशमा गीतसंगीतको महोल कस्तो देख्नु भएको छ ?
मेलै बुझे अनुसार र म स्वयम नै विदेशमा भएको कारण मैले देखैको पनि छु माहोल एक दम राम्रो छ । मलाई जत्तिले चिन्नु भएको साथीहरुले पनि मलाई उही अनुसारको सम्मान,इज्जत र माया गर्नु भएको छ । जत्ति पनि कलाकारहरु हुनुहुन्थ्यो तर पनि सबैलाई मलाई नै चाहनु हुन्थ्यो । हामी जुन ठाँउमा रहेका थियौ सबै मध्यमा पनि अग्रस्थानमा लिनु हुनुहुन्थ्यो । मेरो बलाको उच्च मुल्याङकन गर्नु हुन्थ्यो । सबैले यसरी माया ममता । होसला दिदा आफैले आफैलाई भाग्यमानी पनि ठान्थे । हामी बस्ने ठाँउमा धेरै कलाकार थियौ तर पनि मलाई नै सम्मान गर्नु हुन्थ्यो । अरुलाई माया सम्मान गर्नुहुन्थ्यो तर पनि मलाई मलाई नै बढि गरेको भान हुन्थ्यो । कलाकारलाई सम्मान र ईज्जत सबै लिेको लेखेको छु तसर्थ पनि माहोल राम्रो देखेको छु ।
अन्त्यमा के भन्न चाहनु हुन्छ ?
विशेष गरेर म आलाप रेकर्डिङ्ग स्टुडियो होल युनिट लाईलाई धन्यवाद दिन चाहन्छु विशेष झलक संगीतमलाई नै धन्यवाद दिन चाहन्छु उहा कै साथ र सहयोगले गर्दा आज म यो स्थानमा आएको छ्ु । हेमराज आश्रमलाई पनि धन्यवाद दिनचाहन्छु गीत गाउने ममन भए पनि उहाँहरु कै देन हो । जत्ति पनि गीत गाउने अवसर दिनु भएका सम्पूर्णलाई पनि धन्यवाद दिन चाहन्छु । मेरो स्वरलाई मन पराएर शब्द राम्रो मानेर विश्वास गर्नु र्भकन सबैलाई धन्यवाद दिन्छु र मेरो गीतहरु मन पराउँनु भएका सबै श्रोता र दर्शब सबैप्रति आभारी र धन्यवाद दिन चाहन्छु ।
धेरै धेरै धन्यवाद, यो महत्वपुर्ण समय उपलब्ध गरादिनु भएको तपाईलाई
तपाईको साँगीतिक यात्रा सफल होस कामना

Loading...
Your Comment!