Loading...

आज तपाइ को दिन कस्तो छ ? पढ्नुहोस तपाईंको आजको राशिफल


आलाप स्टुडियो १६ भदौ २०७४

वि.सं. २०७४ साल भदौ १६ गते। शुक्रबार। इश्वी सन् २०१७ सेप्टेम्बर १ तारिख। नेपाल संवत् ११३७ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– दशमी, ६:३६ बजेउप्रान्त एकादशी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहे पनि गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। श्रम परे पनि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। तर आलस्य गर्ने बानीले उपलब्धि गुम्ने सम्भावना देखिन्छ, सजग रहनुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। सानो काममा अलमलिनुपर्दा विशेष अवसर गुम्न सक्छ। चिताएको काम रोकिनेछ भने अरूका लागि बुद्धि र समय खर्चनुपर्नेछ। स्वास्थ्यका लागि निश्चित समय आराम गर्नुपर्ला। बेसुरको निर्णयले समस्यामा पार्न सक्छ। आफ्ना विषयमा अनायासै अरूले दाबी गर्न सक्छन्, गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
मानसम्मान प्राप्त भए पनि आतिथ्य खर्चालु बन्नेछ। अर्थअभावले सताउन सक्छ। लोकाचारका लागि पनि भोगविलासका वस्तु जुटाउनुपर्ला। परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउने समय छ। यात्राको प्रक्रियाले खर्च बढाउन सक्छ। प्रतिस्पर्धीसँग सम्झौता गर्नुपर्ला। तापनि प्रेम र मित्रताको बन्धन कसिनेछ। घर-गृहस्थीले मनमा आनन्द दिलाउनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
प्रतीक्षित नतिजाले उत्साह बढाउनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुन सक्छ। ईर्ष्या गर्नेहरूले भने समस्यामा पार्न सक्छन्। पहिलेका योजना गोप्य राखेर अघि बढ्नुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। हतारका काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिएला। व्यापार-व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन निकै मिहिनेत गर्नुपर्ला। निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार आउन सक्छ। आँटले काम लिँदा बिस्तारै फाइदा हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्न सक्छ। ईर्ष्या गर्नेहरूले सताउन सक्छन्। मान्यजनसँग असमझदारी बढ्नेछ भने हठ गर्ने बानीले पनि समस्या निम्त्याउन सक्छ। आसलाग्दो काम बिग्रनाले मन खिन्न हुनेछ। बेलैमा सजग नबन्दा व्यवहारमा दुःख पाइनेछ। अरूको सुझावमा भर नपर्नुहोला। महत्वाकांक्षी योजना पनि तत्काल सार्वजनिक नगर्नुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
मिहिनेत परे पनि गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। विभिन्न उपहार प्राप्त हुने समय छ। केही सहयोगीहरू टाढिन सक्छन्। तापनि प्रतिद्वन्द्वीलाई हराउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। कृषिमा कामको चाप बढ्न सक्छ। चौपायामा केही समस्या देखिए पनि अर्थ उपार्जन हुनेछ। )

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम हातपार्ने समय छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। पारिवारिक जमघटले आनन्द दिलाउनेछ। मिहिनेतले आत्मविश्वास बढाउनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
खर्च लागे पनि तत्काल उद्देश्य पूरा नहुन सक्छ। आँटेको काममा अवरोध आउला। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिएला । प्रतिस्पर्धामा पनि केही कमजोर साबित भइएला। आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ। काममा स्थानान्तरण अथवा टाढाको यात्रा हुने सम्भावना छ। घर-गृहस्थीलाई समय दिन नसकिएला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
A काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दु:ख पाइनेछ। आज पछि फाइदा हुने काम प्रारम्भ होला। ऋण मोचन हुन सक्छ। व्यापार बढ्नेछ भने दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। तर, तत्काल फाइदा उठाउँदा सञ्चित लाभांश घट्न सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम बन्न सक्छ।

Loading...
Your Comment!