Loading...

आफ्नो फेसबुक एकाउन्टबाट यसरी सजिलै पैसा कमाउनुहोस्


के तपाई फेसबुक चलाउनुहुन्छ ? पक्कैपनि जेजतिले ईन्टरनेट चलाउनुहुन्छ, उहाँहरुले कम्तिमा फेसबुक एकाउन्ट त पक्कै बनाउनुभएको छ होला । तर के तपाईले आफ्नो त्यहि फेसबुक अकाउन्टबाट पैसा कमाउन सक्छु भन्नेबारेमा कहिल्यै सोच्नुभएको छ ??

हो, ईन्टरनेटमा घुम्दै जाँदा एउटा यस्तो वेबसाईट – FanSlave फेला पर्यो, जसबाट तपाईहामी जस्ता फेसबुक प्रयोगकर्ताहरुले आफ्नो फेसबुक अकाउन्टबाट सजिलै पैसा कमाउन सक्छौँ । गाह्रो काम केहि गर्नु पर्दैन , जब हामीले त्यहाँ दिईएका फेसबुक फ्यान पेजहरु लाईक गर्छौ , उनीहरुले हाम्रो अकाउन्टमा पैसा जम्मा गर्दिन्छन् । भएन त मज्जा ??

के हो त FanSlave ?
FanSlave एउटा त्यस्तो साईट हो जसले दिईएका फेसबुक पेज Like र ट्विटर अकाउन्ट Follow गरेबापत आफ्ना प्रयोगकर्ताहरुलाई पैसा दिन्छ ।
पेज लाईक गर्नासाथ FanSlave मा हामीले Credit (क्रेडिट) पाउँछौ । २०० क्रेडिट बराबर एक युरो ( €1 = रु. ११० ) हुन्छ । एउटा पेज लाईक गरेबापत ४ देखि ८ सम्म क्रेडिट पाईन्छ र हरेक दिन ३० ओटासम्म फ्यान पेजहरु लाईक गर्न सकिन्छ । साईटमा रजिस्टर गर्ने बित्तिकै ५० क्रेडिट (0.25 EURO) बोनसस्वरुप पाईन्छ ।
जब तपाईको अकाउन्टमा १५ युरो पुग्छ, तब उक्त रकम Paypal वा Payza मार्फत आफूले प्राप्त गर्न सक्नुहुन्छ ।

कसरी कमाउने FanSlave बाट पैसा ?
१. रजिस्टर गर्नका लागि यहाँ जानुहोस् र तलको जस्तो पेज खुलिसकेपछि वा Create An Account मा क्लिक गर्नुहोस् ।

२. अब दिईएका Informations हरु भरेर I Accept Create An Account मा क्लिक गरी Sign Up पुरा गर्नुहोस् ।


३. रजिस्ट्रेसन सफल भईसकेपछि आफ्नो अकाउन्टमा Log In गर्नुहोस् र त्यहाँ दिएअनुसार आफ्नो फेसबुक अकाउन्ट Connect गर्नुहोस् ।

४. “Your Account” मेनुमा क्लिक गर्नुहोस् र “Facebook Overview” छान्नुहोस् ।

५. त्यहाँ लाईक गर्नुपर्ने फ्यान पेजहरु देख्नुहुनेछ । जब तपाईले क्लिक गर्नुहुन्छ , तिनिहरु नयाँ ट्याबमा खुल्छन् । ति पेजहरु लाईक गर्नुहोस् र त्यसपछि पुनः अगाडीकै FanSlave को पेजमा रहेको “Update” बटनमा क्लिक गर्नुहोस् ।

Loading...
Your Comment!