लागू औषध ओसार पोसारमा संलग्न एक चर्चित परेवालाई जेल भित्र पस्नै लाग्दा प्रहरीले गोली हानी मारेको छ । उडिरहेको परेवा प्रहरीको गोली लागेर छटपटाउँदै मरेको संचार माध्यमहरुले उल्लेख गरेका छन् । जेलमा रहेका जेलर र कर्मचारीको सुराकीको आधारमा प्रहरीले परेवामाथि गोली हानेको बताइएको छ । र्जेन्टिनाको एक जेलभित्र लागुऔषध बोकेर पुर्याउने परेवालाई प्रहरीले गोली हानेर मारेको छ । यो घटना मध्य अर्जेन्टिनाको सान्ता रोजास्थित एक जेलमा घटेको घटना हो । शरीरमा लागू औषध बोकेर जेलभित्र पस्दै गरेको परेवा देखेपछि प्रहरीले त्यसलाई गोली ठोकेको थियो । प्रहरीले गोली लागेर मरेको परेवाको ढाडमा लागुऔषधका चक्की तथा गाँजा बरामद गरेको थियो ।
Loading...
Your Comment!