Loading...

भारतमा सवारी दुर्घटना, ७ नेपालीको मृत्यु (भिडियोसहित)


आलाप स्टुडियो २३ भदौ २०७४

भारतको पुरन्दरपुर क्षेत्रको देउपुरमा सवारी दुर्घटना हुँदा सात जना नेपालीको मृत्यु भएको छ ।

दुर्घटनामा चार पुरुष, एक महिला र दुई बच्चाको मृत्यु भएको पुरन्दपुर थानाका इन्चार्ज सव-इन्सपेक्टर ग्रिजेश उपाध्यायले अनलाइनखबरलाई जानकारी दिए ।

उनीहरुको सनाखत भएको छैन । दुर्घटनामा सीमावर्ती भारतीय बजार जुगौलीका प्रकाशको पनि मृत्यु भएको छ ।

गोरखपुरबाट सुनौली आउँदै गरेको कार र नौतनवाबाट गोरखपुर जाँदै गरेको ट्यांकर आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो । दुर्घटनास्थल नेपाली सीमाबाट करिब ३५ किलोमिटर टाढा पर्दछ ।

भारतीय प्रहरी दुर्घटनास्थल पुगेर उद्धार गरेका थिए ।

Loading...
Your Comment!