Loading...

खाना खानेबित्तिकै गर्न नहुने ७ काम


आयुर्वेद विज्ञानका अनुसार नियमित दिनचर्या र खान-पानले हाम्रो स्वास्थ्य अवस्थालाई असर गर्छ । आफ्नो स्वास्थ्यलाई स्वस्थ राख्नका लागि हामीले दैनिक जीवनमा खानाका विषयमा ध्यान दिनु जरूरी हुन्छ । यस्तै, खाना खाएपछी हामीले गर्ने कामका विषयमा पनि सचेत हुनु पर्छ ।हामीले शरीरलाई स्वस्थ राख्नको लागि बिशेषगरि खानपानमा ध्यान दिनु आवश्यक छ । त्यसमा पनि समयलाई उचित ख्याल राख्नुपर्छ । खाने समय मात्र नभई बिभिन्न दैनिक ब्यबहार पनि हामीले उपयुक्त समयमा गर्नु राम्रो हुन्छ तल नौ कुरा ध्यान दिएर अध्ययन गर्नुहोस् जुन कुरा तपाइको लागि निकै फाइदाजनक छ । खाना खाने बित्तिकै झुक्किएर पनि गर्नु हुदैन यस्ता काम :

1. धुम्रपान नगर्नु :

खाना खाने बित्तिकै धुम्रपान गर्ने ब्यक्तिलाई ग्यास्ट्राइटिसको समस्या निम्त्याउँछ र पेटसम्बन्धी रोगहरु उत्पन्न गराउँछ ।

2. तुरुन्त फलफूल नखानु :

खाना खाएको तुरुन्तै फलफूलको सेवनले खानलाई दुषित गर्छ जसले शरीरमा उर्जा शक्ति कम गर्छ । त्यसैले फलफूल खाँदा खाना खाएको आधा घन्टा पछि मात्र खानु उचित हुन्छ ।

3. चिया र कफि :

चिया तथा कफिमा एसिड बढी हुने भएकाले यसले शरीरमा प्रोटिको मात्रालाई नोक्सान पर्याउँछ जसका कारण खाना पचाउनमा समस्या निम्त्याउँछ ।

4. नुहाउनु :

खाना खाएको तुरुन्तै नुहाउँदा हात, खुट्टा तथा शरीरको अन्य भागमा रगतको प्रवाह बढ्छ र पेटको चारैतिर रगतको मात्रा कम हुन्छ जसले डाइजेस्टिव सिस्टमलाई कमजोर बनाउँछ ।

5. मर्निङवाक :

मर्निङवाक गर्नु त राम्रो हो तर खाना खाएर भन्दा हल्का खाना खाएको आधा घन्टा पछि मात्र मर्निङवााक गर्नु राम्रो हुन्छ जसले पेटमा एसिड बनाउन सक्दैन र शरीरलाई फाइदा गर्छ ।

6. ब्रस नगर्नु :

खाना खाने बित्तिकै ब्रस गरेमा दाँतको एनामेल कमजोर हुन्छ र दाँत समबन्धी समस्या निम्त्याउँछ । नसुत्नु खाना खाएको तुरुन्तै सुत्ने गर्नाले पाचन शक्ति कमजोर हुनुनका साथै मुटु पोल्ने र ग्यास्टिकको समस्या निम्त्याउँछ ।

7. नहिड्नु :

खाना खाने बित्तिकै हिडडुल नगर्नुहोस् । यसले तपाइँको शरीरमा रगत प्रवाहमा असर पार्छ । त्यसैले खाना खाएको आधाघण्टा पछि मात्र हिड्नु उचित हुन्छ ।

Loading...
Your Comment!