Loading...

३३ लाखको अबैध कपडा बरामद


आलाप स्टुडियो २१ असोज २०७४

इटहरी – सुनसरी प्रहरीले भन्सार छलिको ३३ लाख मूल्य बराबरको कपडा सहित मिनी ट्रक नियन्त्रणमा लिएको छ ।
देवानगञ्ज गाउँपालिका वडा नम्वर ४ बाट प्रहरीको टोलीले कपडा लोड गरिएको को १ ख २१२९ नम्वरको मिनी ट्रक बरामद गरेको हो ।
चालक तथा कपडा धनी पक्राउ नपरेपनि ३३ लाख बजार मूल्यको कपडा र १२ लाख मूल्य अनुमान गरिएको मिनी ट्रक बरामद पश्चात सार्वजनिक गरिएको छ ।
सुनसरीका प्रहरी प्रमुख विद्यानन्द माझीले बरामद सामान र ट्रक भन्सार कार्यालय बुझाइएको बताए ।
मिनि ट्रकको नम्वरको आधारमा चालक र भन्सार छलिको सामानबारे पत्ता लगाइने एसपी माझीले जानकारी दिए ।

Loading...
Your Comment!