Loading...

चर्चमा अन्धाधुन्द गोली प्रहार हुँदा २७ जनाको मृत्यु ,केही घाइते


चर्चमा अन्धाधुन्द गोली प्रहार हुँदा २७ जनाको मृत्यु भएको छ । गोली प्रहारबाट केही घाइते भएका सञ्चार माध्यमले जनाएका छन् । आइतबार फस्ट वाप्टिस्ट चर्चमा प्रार्थना सभा भइरहेको बेला बन्दुकधारीले गोली चलाएको स्थानीय मिडियाले जनाएका छ । स्थानीय मिडियाका अनुसार कालो कपडा लगाएको करिब २०-३० वर्षको गोरो युवकले बिहान साढे ११ बजे चर्चभित्र घुसेर गोली चलाएको थियो । प्रहरीका अनुसार गोली लागेर पाँच वर्षदेखि ७२ वर्ष उमेर समूहका मानिसहरुको मृत्यु भएको छ । आक्रमणकारीलाई पनि प्रहरीले मारिदिएको छ । २० जना घाइते भएका र उनीहरुलाई हेलिकोप्टरमार्फत अस्पताल पुर्‍याइएको बीबीसीले समाचारमा उल्लेख गरेको छ । सामाजिक सन्जालमा राखिएको एक भिडियोमा चर्च बाहिरको इलाकालाई पुलिसले घेराबन्दी गरेर राखेको देखिन्छ ।

अमेरिकाको टेक्सास प्रान्तको एक चर्चमा अन्धाधुन्द गोली प्रहार हुँदा २७ जनाको मृत्यु भएको हो । गोली लागेर केही घाइते भएका छन् । प्रान्तका गर्भनर ग्रेग एबटका अनुसार टेक्सासको इतिहासमै यो सबैभन्दा ठूलो आक्रमण हो । उनले यस घटनालाई घृणित भन्दै मृतक परिवारहरुप्रति समवेदना प्रकट गरेका छन् ।

Loading...
Your Comment!