Loading...

प्रिय अभिनेता आर्यन सिग्देलको पहिलो प्रेम कहानी : डेटिङ्ग भनेपछि …………………..


पहिलो प्रेम
प्रिय अभिनेता आर्यन सिग्देलको पहिलो प्रेम कहानी ;
आई लव यु टू भनेँ अत्तालिएर (लामो हाँसो)
डेटिङ्ग भनेपछि …………………..
मेरो पहिलो प्रेम भन्या जस्तो भएन । लव भन्ने कुरा कहिल्यै परेन । एकपटक म एउटा अफिसमा जाँदै थिए । त्यहाँ जाँदा जाँदै अर्को अफिसको केटीले हेरिरहेको हुने सधैँ । हाम्रो हेराहेर हुन्थ्यो । हामी एक अर्कालाई हेरेर मुस्काउन थाल्यौँ । त्यसपछि उनले मलाई भेट्न बोलाइन् । म पनि गएँ । त्यहाँ हाम्रो नम्बर साटाटाट भयो । म एकछिनमा कल गर्छु अहिले ममी बाबासँग छु भने । पछि म पनि फोनमा झुन्डिएर बस्न थालेँ ।
त्यसपछि एकछिन फोनमा कुरा भयो । अर्को चोटी भेट्न बोलाइन अनि मलाई आई लव यु भनिन् । म त अलमल्ल परेँ । स्तब्ध भएँ । के भन्ने भयो । किन भने माया प्रेममा मेरो अनुभव केही पनि थिएन । पछि मैले हैन हामी त्यस्तो नगरौँ हामी मिल्ने साथी मात्र हौँ भनेँ । त्यसपछि त उनी ग्वाँग्वाँ रोएर आई लव यु भनिन । ठिक छ ! ठिक छ ! आई लव यु टू, आई लव यु टू भनेँ अत्तालिएर (लामो हाँसो) । त्यो बेलामा मसँग जागिर त थिएन । उनी भने राम्रो ठाँउमा काम गर्थिन् ।
त्यो बेला उनीसँग राम्रो काम हुने आफूसँग त्यस्तो सारो पैसा नहुने । मैले अलि–अलि ड्रामा र स्टेज शो गरेर पैसा कमाउँथे । अनि शनिबार आयो कि डेटिङ्ग जाने तनावमा बस्थेँ । आफूलाई फेरि त्यो डेटिङ्ग भनेपछि मरे जान मन नलाग्ने । पहिलो डेटमा जादाँ पनि चुप लागेर बसिरहेको थिएँ । कहिले समय सकिन्छ ! भनेर घडी हेरेर बसेको थिएँ । उनलाई मैले धेरै शनिबार काम छ भनेर टारेँ । तर पछि त्यो सम्बन्ध पनि टाढिदैँ गयो । त्यसपछि कोही रोए पनि म आई लव यु टू भन्दिन भन्ने भयो (लामो हासोँ) । त्यसपछि म यहाँ छु ।

Loading...
Your Comment!