Loading...

माइक्रोबस दुर्घटनामा ज्यान गुमाउनेको संख्या पुग्यो , १६ जना घाइते


-सुर्खेतबाट दैलेख आउँदै गरेको माइक्रोबस दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । दैलेखको गुरास गाउँपालिका वडा नं. ४ सियाकोटमा शुक्रबार राति भएको दुर्घटनामा १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य २ जनाको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरीले कार्यलयले जनाएको छ ।

सुर्खेतबाट दैलेखका लागि छुटेको बा १ ख ५०१० नम्बरको माइक्रोबस दैलेखको गुराँस गाउँपालिका–४ सियाकोटमा दुर्घटना हुँदा वीरेन्द्रनगर नगरपालिका–६ लाटीकोइलीका पारस तिवारी, नौमुले गाउँपालिका–५ का रत्नबहादुर सिजाली र जसी रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डीएसपी सरोज पौडेलले जानकारी दिएका छन् । दुर्घटनामा १६ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार घाइतेहरुमध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा बुटवल–७ दीपनगरका वर्ष ३८ का विनोदकुमार अगहरी, नारायण नगरपालिका–१ की २५ वर्षीया हेमा खड्का, वीरेन्द्रनगर–९ का १२ वर्षका गोविन्द तिवारी, दैलेख खरीगैरा–४ का वर्ष १९ का खेमराज बुढा, पाटाभार–२, बर्दिया वर्ष २५ का नरेश थारु र वर्ष ३६ का धर्म थारु घाइते भएका छन् ।

यस्तै पाटाभार–२ बर्दिया वर्ष ३५ का विनोद चौधारी, दुल्लु नगरपालिका–८ दैलेखका २४ वर्षीय सुरेश देवकोटा, दैलेख कालभैरव–१ का वर्ष २१ का विमलबहादुर थापा र पाटाभार–२ बर्दिया वर्ष ३६ का पशुराम चौधरी घाइतेका भएका छन् । घाइतेहरुको देउती नार्सिङ होम सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीव्रगतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

Loading...
Your Comment!