Loading...

श्रीमान पल्टनबाट आउँदा मोडल रञ्जिता गुरुङ्ग झम्टेर यसरी रोइन (भिडियो सहित)


श्रीमान पल्टनबाट आउँदा मोडल रञ्जिता गुरुङ्ग झम्टेर यसरी रोइन (भिडियो सहित)
मर्मस्पर्शी भावमा रहेको यर्थात गीत नेपाली संगीत बजारमा यति बेला चर्चामा रहेको छ । यर्थातपरकमा आधारीत यस गीतमा पल्टने लाहुरेको कहानीलाई गीत मार्फत उतारीएको छ । आलाप रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको यस गीतमा बहुचर्चित गायिका टिका पुन र प्रविण घर्तिमगरको स्वर रहेको छ । प्रविण घर्तिमगर कै शब्द तथा लय श्रृजनामा तयार भएको कारुणिक लाहुरे पल्टनको गीतमा झलक संगीतमको एरेञ्ज रहेको छ । सबैकि प्रिय अभिनयकि पात्र रञ्जिता गुरुङ्ग र आफैमा राम्रो कला भएका चर्चित मोडल पिएन साप्कोटाको यस गीतमा अभिनय रहेको छ । विष्णु शर्माको सम्पादन रहेको यस गीतलाई प्रकाश भट्टले निर्देशन तथा करण चैसीरले छायांकन गरेका छन् । प्रविण घर्ति मगर र अर्जुन आले मगरको संयुत प्रश्तुतीमा बजारमा आएको यस गीतमा गणेश थापा मगर र दिपक राना मगर सहयोग रहेको छ ।
नेपाली सांगितीक बजारमा यर्थात गीत कमै मात्रमा आउने गर्दछन् । विशेष गरी माया प्रेमका गीतले बजारमा चर्चा पाउने गर्दथ्यो । तर पछिलो समयमा पल्टने लाहुरेको जीवन कहानीमा आधारीत गीतले चर्चा कमाएको छ । नेपाली छोराहरुले पल्टनमा भोगेका तितो तथा सत्य घट्नालाई प्रविण घर्तिमगरले शब्दमा कैद गर्दै गीत मार्फत बजारमा लिएर आएका छन् । सांगितीक क्षेत्रमा स्थापीत प्रविण घर्तिमगरलाई अझै सफलता मिलोस कामना

Loading...
Your Comment!