Loading...

अर्घाखाँची जाँदै गरेको बस त्रिशूलीमा खस्दा ६ को मृत्यु, १५ घाइते


काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको यात्रुवाहक बस चितवनको फिस्लिङमा दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । मृतक कसैको पनि सनाखत हुन सकेको छैन ।

लु २ख २९१ नम्बरको बस बिहान ९ः१५ बजे त्रिशूलीमा नदीमा खसेको हो । पूर्ण रुपमा त्रिशूलीमा डुबेको बसबाट १५ जना घाइतेको उद्धार गरिएको छ ।

बसमा कति यात्रु थिए भन्ने खुलेको छैन ।

दुर्घटनास्थलमा खटिएका नेपाल प्रहरीका डीएसपी शिव शर्मा आचार्यले ६ जनाको हालसम्म शव फेला परेको जानकारी दिए । उनका अनुसार, अहिले घाइतेको उद्धार कार्य भइरहेको छ । दुर्घटनालगत्तै अहिले सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय उद्धारमा जुटेका छन् ।

Loading...
Your Comment!