Loading...

अकल्पनीय घटना : दिपक र दीपाको विभत्स हत्या: सिआइबीले अनुसन्धान थाल्यो


दिपक र दीपाको विभत्स हत्याबारे केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले अनुसन्धान थालेको छ । घटनाबारे सत्यतथ्य पत्ता लगाउन काठमाडौँबाट सिआइबीको टोली बारा आएको बारा प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो । जितपुर सिमरा उपमहानगरपालिका–३ बजनीमा दीपक सुवेदी र उनकी श्रीमती दीपा सुवेदी व्यावसायिक गाईपालन गर्दै आएका थिए । घरबाट करिब डेढ किलोमिटर टाढा रहेको गाईफार्म सञ्चालन गर्दै आएका सुवेदी दम्पतीको शव आज बिहान फेला परेको हो । छत्तीस वर्षीय दीपकको शव घरबाट करिब ४० मिटर टाढा तथा ३२ वर्षीया दीपिकाको शव घरभित्र फेला परेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार लुटेरा समूहले लुटपाटपछि सुवेदी दम्पतीको हत्या गरेको अनुमान गरिएको छ । शव क्षतविक्षत अवस्थामा रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टले बताउनुभयो ।रासस

Loading...
Your Comment!