Loading...

‘घेराबन्दी’ मा देउवा


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारले वैशाख ३१ मा स्थानीय तह पहिलो चरणको निर्वाचन सम्पन्न गराएर कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ताको बागडोर हस्तान्तरण गरे । जेठ ३१ मा दोस्रो चरणको स्थानीय तहको चुनाव घोषणा गरिएको थियो । देउवाको आगमनसँगै चुनावका विषयमा आशंका गर्न थालियो । मधेसवादी दलहरू संविधान संशोधनबिना चुनावमा भाग नलिने अडानमा थिए ।

देउवाले संविधान संशोधनबिनै ती दललाई चुनावमा ल्याउन सहमत गराए । स्थानीय तहको दोस्रो चरणको निर्वाचन असार १४ र तेस्रो चरणको निर्वाचन (प्रदेश २ का ८ जिल्लामा) असोज २ मा सफलतापूर्वक सम्पन्न गराए ।

Loading...
Your Comment!