Loading...

प्रतिनिधिसभा निर्वाचनमा धेरै मत ल्याएर बिजयी हुने एक मात्र माओवादी नेता रायमाझी


प्रतिनिधिसभा निर्वाचनमा धेरै मत ल्याएर बिजयी हुने माओवादी नेता रायमाझी
नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले प्रतिनिधिसभा निर्वाचनमा ‘ह्याट्रिक’ गरेका छन् । त्यतिमात्रै नभएर रायमाझी पार्टीबाट ५० हजार मत कटाउने एक मात्रै व्यक्ति हुन् ।
एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको अर्घाखाँची जिल्लामा वाम गठबन्धनका उम्मेदवार रायमाझीले १८ हजार ४०० को फराकिलो मत अन्तरले जीत हात पारेका हुन् । उनले २०६४, २०७० र अहिलेसमेत गरी लगातार तीन पटक जीत हात पारेका हुन ।
रायमाझी ५० हजार ३८५ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका डा रामबहादुर बिसीले ३१ हजार ९४१ मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ८९ हजार २४० मत खसेकामा तीन हजार १५० मत बदर भएको छ ।
माओवादी नेता रायमाझीले २०६४ सालमा काँग्रेसका मानबहादुर विक र २०७० सालमा डा बिसीलाई नै हराएका थिए । प्रदेशसभातर्फ यो समाचार तयार पार्दासम्म दुई वटै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार अगाडि छन।
रासस

Loading...
Your Comment!