Loading...

मेचीमहाकाली यात्राको पूर्व प्रधानमन्त्री प्रचण्डले उदघाटन गर्नेः अजर अमर सम्मान प्रधानलाई | Music Composer Assocation Nepal


copy from Music Composer Assocation Nepal

नेपाली संगीतकारहरुको छाता संस्था संगीतकार संघ नेपालले यहि बैसाख ७ गते देखी मेचिमहाकाली सांगीतिक अभियान शुरु गर्दै छ ।
आर्मी अफिसर्स क्लवमा हुने कार्यक्रमको उदघाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने तय भएको छ ।
कार्यक्रममा प्रसिद्ध गायक तथा संगीतकार प्रेमध्वज प्रधानलाई नगद सहित अजर अमर सम्मान २०७५ बाट सम्मान गरिने छ । सम्मान पुर्व प्रधानको रथयात्रा गरिने संघले जनाएको छ ।
बेलुकि ५ बजेदेखी शुरु हुने कार्यक्रममा सम्मानित ब्यक्तित्व प्रधान सहित ख्याती प्राप्त झण्डै ५० जना संगीतकर्मीहरुको लाइभ प्रस्तुती हुने छ ।
संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेषका अनुसार राष्ट्रिय एकता र सदभावका लागि मेचिमहाकाली सांगीतिक अभियान नाम दिइएको अभियान ७७ वटै जिल्लामा लैजाने संघको तयारी छ ।
अभियानकाक्रममा सम्बन्धित जिल्लाका बिशिष्ठ स्रष्टालाई सम्मान गरिने, परम्परागत झाँकि रयाली गरिने र प्रतिलिपि अधिकारका बारेमा अन्र्त्क्रिया गरिने संघका महासचिव महेश खडकाले जानकारी दिएका छन ।
सात वर्षअघि स्थापना भएको संगीतकार संघले नेपाली गीत–संगीतको जर्गेना एवं प्रवद्र्धन गर्ने तथा त्यसको महत्व र गरिमालाई विश्व सामु चिनाई नेपालको पर्यटन विकासमा समेत टेवा र्पुयाउने उद्देश्यले यो सांगीतिक अभियान सञ्चालन गर्न लागेको हो ।
विभिन्न जातजाति तथा भाषा–भाषीको लोपोन्मुख कला, संस्कृति, परम्परा एवं गीत–संगीतको संरक्षण–संवद्र्धन गर्ने समेत उद्देश्य बोकेको यो सांगीतिक अभियानमार्फत मेचीदेखि महाकालीसम्मका नेपालीहरूलाई कला, संगीत तथा सांस्कृतिक कार्यक्रमको माध्यमबाट गोलबन्द गर्ने संघको योजना छ ।
मेची–महाकाली सांगीतिक अभियानकोपहिलो चरणको सुरुवात वैशाख ७ र ८ गते काठमाडौं बाट हुने छ । उदघाटन आर्मी अफिसर्स क्लवमा गरिने छ भने खुल्ला सांगीतिक कार्यक्रम टुडिखेलमा हुने छ । त्यसपछि जेठ ४ र ५ गते हेटौंडा, जेठ ११ र १२ गते चितवन, जेठ २५ र २६ गते बाग्लुङ तथा असार १ र २ गते पोखरामा अभियान पुग्ने छ । अभियानको दोस्रो चरण भदौ २९ गते बिर्तामोडबाट प्रारम्भ हुनेछ ।
अभियानको तेस्रो चरणअन्तर्गत मंसिर २१ र २२ गते दाङमा कार्यक्रम प्रस्तुत हुनेछ भने त्यसपछिको साता नेपालगञ्जमा कार्यक्रम हुनेछ । सुर्खेतमा पुस २० र २१ गते, धनगढीमा पुस २७ र २८ गते कार्यक्रम सञ्चालन गरिएपछि माघ ४ र ५ गते अभियानको अन्तिम कार्यक्रम पश्चिम नेपालको कञ्चनपुरमा सञ्चालन गरिनेछ ।

अभियानमा पुरानादेखि नयाँ पुस्तासम्मका संगीतकर्मीहरूको सहभागिताका सुनिश्चित गरिएको छ । प्रेमध्वज प्रधान, दीप श्रेष्ठ, योगेश बैद्य , जेबि टुहुरे , नन्दकृष्ण जोशी ,दीपक बज्राचार्य, शिशिर योगी ,जेम्स प्रधान, प्रमोद खरेल, कुन्ति मोक्तान, राजेशपायल राई, मीना निरौला, उदय–मनिला सोताङ, सत्य–स्वरूपराज आचार्य, हरि लम्साल, वसन्त सापकोटा मेलिना राई शशि रावल, बिन्दु परियार ,लगायतका संगीतकर्मीहरुको प्रस्तुुति रहने छ । अभियानको अर्को महत्वपूर्ण उद्धेश्य संघले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोष बृद्धि गर्नु हो ।
संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले कोषको स्थापना गरिएकोे हो । संघका प्रेस सल्लाहकार लोकराज अधिकारीका अनुसार नेपाली संगीत क्षेत्रका सबै बिधाका सर्जकहरुलाई सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको छ ।
अहिले सम्म ९ जना सर्जक संगीतकर्मी एकजना रंग पत्रकारको औषधी उपचारमा र ७जना सर्जकको निधनका बेला कोषबाट ३लाख ३८ हजार ९सय १६ रुपैया सहयोग गरिएको छ । कल्याणकारी कोषमा सहयोग गर्ने दाताहरुलाई संघले केहि समय अघि बिशेष सम्मान गरेको थियो । त्यस्तो सम्मानलाई निरन्तरता दिइने संघले जनाएको छ ।
संगीतकर्मी कल्याणकारी कोषको पल्लिो बिवरण अनुसार कोषमा १० लाख ३१ हजार २१२ रुपैया ८ पैसा बचत रहेको कोषाध्यक्ष हरि लम्सालले जानकारी दिएका छन ।
संघका प्रेस सल्लाहकार एबं कल्याणकारी कोषका अभियन्ता लोकराज अधिकारीले मेचीमहाकाली सांगीतिक अभियान पछि कल्याणकारी कोषको राशी ठूलो हुने बिश्वास ब्यक्त गरे । सहयोगीहरुलाई सामाजिक सञ्जाल र ब्यक्तिगतरुपमा भेटेर अनुरोध गर्दै कोषलाई यहासम्म ल्याएको स्मरण गर्दे अधिकारीले ति सबै सहयोगीहरुलाई संगीतकार संघ नेपालले सधै सम्मान गर्ने पनि बताए ।
कोषमा सहयोग गर्न चाहनेहरुले बिभिन्न स्थानबाट सोधि खोजी गर्दै सहयोग रकमको प्रतिबद्धता ब्यक्त गरेका छन । दाताहरुले प्रतिबद्धता गरेको सहयोग रकम आफू अनुकुलको समयमा हस्तान्तरण गर्ने बचन दिएका छन । दाताको सहजताका लागि म्यूजिक संसार नेपालले डोनेट बक्स समेत संचालनमा ल्याएको छ ।
नेपाली संगीत क्षेत्रका सबै बिधाका सर्जकहरुलाई सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषठूलो हुदा कुनै पनि स्रष्टा सर्जकलाई यस अघिको जस्तो नियति भोग्न नपर्ने अबस्था बन्नमो गीतकार समेत रहेका अधिकारी बिश्वस्त छन ।

Loading...
Your Comment!