Loading...

दोहोरी गाउनका लागि नयाँ भाकाको अभाव पुर्ति गर्न खुल्यो ‘आलाप दोहोरी घर’


मेला महोत्सव तथा नाचगान चल्दा बजारमा निस्केका नयाँ भाकाहरु टिप्न नसकी पुरानै भाकाहरुमा दोहोरी गाईने गरिन्छ आज भोली । सुन्नका लागी बजारमा धेरै गीतहरु छन् तर गाउनका लागि धेरै घुमाउरो, असजिलो अनि नाच्न नमिल्ने भएकाले सरल गीतहरुको अभाव पुर्ति गर्नका लागी झलक सँगीतम्ले ‘आलाप दोहोरी घर’ को स्थापना गरेका छन् ।
नयाँ भाकाहरु राम्रा स्वर भएका उत्कृष्ट दोहोरी गाउन सक्ने दाहोरी गायक गायीकाहरुलाई दोहोरी गाउन आमन्त्रण गरी त्यसै भाकामा प्रत्यक्ष दोहोरीको भिडीयो तयार गरिन्छ र आलाप रेकर्डिङ स्टुडियोले स्थापना गरेको ‘सृजनाको बैंक’ मा सँचित गरी दोहोरी गीत सँगीतमा लगानी गर्ने लगानी कर्ता समक्ष पु¥याईन्छ र स्टुडियोमा गीतको रेकर्डिङ प्रक्रिया अगाडी बढाईन्छ ।
लगानी कर्ता पुरुष गायक आएमा सोही गीतको प्रत्यक्ष दोहोरी गायीका र लगानीकर्ता महिला गायीका आएमा सोही गीतको प्रत्यक्ष दोहोरी गायकको स्वर रेकर्डिङमा राख्न अनिवार्य हुनेछ तथा लगानीकर्ताले आफ्नो तर्फबाट गायक अथवा गायीका मध्ये एक मात्र छान्न पाउने छन् भनि सँचालक झलक सँगीतम्ले जानकारी दिएका छन् ।
यस कार्यले नयाँ सृजना र आर्थिक अभाव भएका गायक गायीकाहरुलाई टेवा पुग्ने भएकोले हाम्रो तर्फबाट पनि स्वागत गरी सफलताको शुभकामना व्यक्त गर्दछौँ ।


Loading...
Your Comment!